मोहन आचार्य जलद

१.
 प्रेमको नजरमा तिमीलाई चिन्न सकिनँ म
 दिलको रहरमा कसैलाई  किन्न सकिनँ म
भूल हो कि कहर जान्न सकिनँ जिन्दगी यो
उनको सहरमा आफैँलाई  छिन्न सकिनँ म
 २.
सङ्घर्ष गर्दै आएको छु जिउन चाहन्छु  जीवन
चुनौती भर्दै पाएको छु सिउन चाहन्छु जीवन
 मोडेर गयौ तिमीले यो सङ्कटमा बाँचू कसोरी?
साहित्य छर्दै  धाएको छु पिउँन चाहन्छु जीवन
३.
इन्द्रेणी हुँ म मलाई भेटेर आफ्नो सम्झिनू  है
त्रिवेणीझैँ  मनलाई मेटेर आफ्नो सम्झिनू है
जिउँदो शहीद बने मुग्लानी यात्रा साहित्य हो
अग्रणी छु म धनलाई रेटेर आफनो सम्झिनू है
जन्म – भान्सा बाग्लुङ्ग ,  हाल बेलायत लन्डन