१.
गरीबको झुपडीमा न त घाम न त जून आउँछ
भोकले पेट बटारिन्छ आँखामा मनसुन आउँछ
सरकार सत्ता समीकरणमा धेरै ब्यस्त भएपछि,
अप्ठ्यारो परेको बेला न चामल, न नुन आउँछ।।
२.
फूल कोमल भएकै जाति हुन्छ त्यसमा धार आउनुहुन्न
एउटै कुरा दोहोरीएर झन् तेहरिएर लगातार आउनुहुन्न
रोग र भोक सँग त जनता लडिरहेकै छ्न् लडिरन्छ्न्,
आइन्दा !ए सरकार उखान टुक्के समाचार आउनुहुन्न।
३.
शव्द शव्दमा विवाद ल्याउने गाली भएर आउनुस्
दुर्घन्धित…….बग्ने टुकुचाको नाली भएर आउनुस्
सत्ता शक्तिमा हुँदा हो हजुर भरपूर लाभ लिने, दिने,
भ्रष्टाचारको सम्पत्ति थाप्नलाई थाली भएर आउनुस्।।
४.
लोभलाग्दो बन पाखा..त….कतै तारे भीर देखे
नयन भित्र बैंशाका उन्माद सागर जस्तै नीर देखे
टोलाएर न बस्नु है……….कहिँ कतै दोबाटोमा
बिधाता नै दङ्गदास होला,तिम्रो सुन्दर शरीर देखे।।
५.
आँखा आँखा जुधाएर हाँस्न गाह्रो भो
गुमाएको बिश्वास फेरि गास्न गाह्रो भो
जान्दा जान्दै घायल मुटु टुक्रएर गयौं ,
छाती भित्र टुक्राहरू टाँस्न गाह्रो भो।
६.
एउटा झुठ लुकाउन सयौं झुठ बोल्छन् त मेरो के लाग्छ
असत्यको राँकोले सत्यलाई नै पोल्छन् त मेरो के लाग्छ
परोपकारी बन्नुपर्छ उदारता देखाउनुपर्छ भन्दाभन्दै पनि,
बाहिर अमृत देखाएर भित्र विष घोल्छन् त मेरो के लाग्छ
७.
अध्याँरो नै काफी थियोे उसलाई घाम किन उदाउँछ?
जसको ललाटमा सुख छैन डोको नाम्लो मै रमाउँछ
कम्मरमा पटुकी कसेर भोक तिर्खा ~बिर्सन्छ सबै
पीरको ओछ्यान आँसुको सिरानीमा दु:ख बिसाउँछ।
८.
ओठ तालु सुकाउने गरी छलछाम गर्दैछन् स्वनामहरू
विभिन्न कारणले हारेको युद्ध पुनः लड्दैछन् रामहरू
सज्जनलाई सुलि चढाइ चोरको लागि चौतारो बनाउछन्
अपराधी बचाउ निर्दोष फसाउँ हुन्छ सरकारी कामहरू
९.
पोहोर उडाएको छानोले अझैसम्म खर पाएन
गरीब निमुखाले नसकेरै छाउनुपर्ने घर छाएन
मल्हम पट्टी लगाउन बिपत्तिको आलो घाउमा,
परिणाममुखी बजेट आउनु पर्थ्यो तर आएन।
१०.
यो जिन्दगीमा~कति दुश्मन कति यार भेटियो
खुसी उमंग थियो टुक्र्याइ दिने हतियार भेटियो
तिमी बिनाको यो जिन्दगी पनि खै के जिन्दगी,
जीवनमा हर्ष विस्मातको ओखती प्यार भेटियो।
जयन्तीपुर फुटुङ,काठमाडौ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।