

उमेश थापा
उमेर लामो हुँदैछ जीवन छोटो हुँदैछ,
मेरा हरेक कथाहरुले नयाँ मोड लिँदैछ।
थाहै थिएन, हिजोसम्म तिमी मेरो हुन्नौ भन्ने,
आजबाट मन मेरो बिछोडले रूँदैछ ।
कोमल मनलाई चोटरूपि काँडाहरुले छुँदैछ,
चिथ्रा-चिथ्रा पारिकन रगतले धुँदैछ।
विलौना यो मेरो अब तिमीले कहिल्यै सुन्ने छैनौ,
आफ्नै जीवन जिउने पनि चाहना यो तुहिँदैछ ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू