चन्द्र खड्का

१.
आधुनिकताको याे जगमा सबैको संवेदनाले छुँदै छ आज
पृथक छैन तिम्रो छाेराे त्यही स्पर्धामा सामेल हुँदै छ आज
आओ सभ्यताको याे उच्चस्तरीय खेलमा, खाेलाैँ प्रदर्शनी
हुनेका मुहारै देखी चमक आमा! सम्झी मन रुँदै छ आज

२.
थियौ हिजो आमा छाडी गयौ खाेजेर कहीँ पाइनँ मैले
खुसीमा न तिम्रा दुःखमा कहिल्यै अश्रुगीत गाइनँ मैले
रहेछौ जीवनमा छुट्टै एक आशा तिमी छुट्टै परिभाषा
श्राद्ध नै श्रद्धा भनी कुनै तीर्थ धाइनँ, पुराण लाइनँ मैले

३ं.
आफू मरेरै नि बचाउने, हरेक ती आमालाई नमन छ
बयानमा तिम्रो भूमिका, करोडौँ शब्दभन्दा सघन छ
आमा-आमा भन्छन् सबै मेरा खल्ला चाडपर्व बन्छन्
देऊ आशिष यत्ति, भनुन् सबैले तिम्रो पुत्र सज्जन छ