साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विष्णु उपरकोटीका तीन मुक्तक

विष्णु उपरकोटी

१.
ठुलाको लहैलहैमा लागेर कहाँ हुन्छ र
दाँत नपलाई  हड्डी मागेर कहाँ हुन्छ र

बिहे गर्न त धेरै कुराको आवश्यकता पर्छ,
बच्चासगँ  बच्चा भागेर कहाँ हुन्छ र
२.
समय बिर्सेर जानी नजानी त भन्नु मात्र हो
केही समयको छोटो कहानी त भन्नु मात्र हो
यहाँ आफूले दु:ख भोगेको बर्सौँ भैसक्यो
दुई दिनको जिन्दगीगानी त भन्नु मात्र हो३.
पुरानोको हार नयाँको जित भएको हो
त्यसपछि छुट्टै व्यवस्था गठित भएको हो
म त्यही गोरु थिएँ तिम्रो जिन्दगीमा ,
जो ट्याक्टर आएपछि विस्थापित भएको हो
प्रतिक्रिया
Loading...