विष्णु पौडेल

तीन मुक्तक
(१)
आटो पीठो खाएर हुर्केको मान्छे म
कुटो कोदालो गर्दै फुर्केको मान्छे म
आफ्नै रस्तीबस्तीमा पलहरु बिताउँदै
बाँझो खेतमा दुबो खुर्केको मान्छे म।।

(२)
मिल्छ भने ठाउँ दिनु दुईचार शब्दको लागि
योग्य भए नाउँ दिनु साहित्य रचनाको लागि
अझै धेरै मेहेनत गर्ने वाचा गर्दै अघि बढाउनेछु
शहर हैन गाउँ दिनु दिगो विकासको लागि ।।

(३)
चाँदनी रात तिमीसँगै रमाउन मन लाग्यो
झिलिमिली हजारौं तारा समाउन मन लाग्यो
जुन तारासँग रमाउँदै रात्भरी कुरिबसेँ सानु
एउटा तारा तिम्रो हात्मा थमाउन मन लाग्यो।।

बैदाम, पोखरा