मुक्तक – १

धमिराहरूले देश जिलाएर खान्छन्
एकआपसमा घाँटी मिलाएर खान्छन्
नरकयात्राका लागि जुटाएर सामल
कात्रोमा समेत थैली सिलाएर खान्छन्

मुक्तक – २

चित्र बिक्छ चरित्र बिक्छ बिक्छन् घरका तलाहरू
मान बिक्छ इमान बिक्छ बिक्छन् देशका कलाहरू
स्वाभिमान नै लिलालीको बजारमा सजाएपछि
गीत बिक्छ संगीत बिक्छ बिक्छन् सुरिला गलाहरू

मुक्तक- ३

चाकडी र चुक्लीमा कहाँसम्म बिक्नुहुन्छ महोदय ?
चरित्र गुमाएर कति दिन टिक्नुहुन्छ महोदय ?
घुँडा टेकेर होइन पैतालाले टेकेर बाँच्नुपर्छ
क्षमता कदर गर्न कहिले सिक्नुहुन्छ महोदय ?

मदाने – ७, गुल्मी
हालः उपप्राध्यापक, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा