मुक्तक: १
विष पिलाएर जाउ या घाँटी रेटेर जाऊ,
हत्याको सबै-सबै प्रमाण मेटेर जाऊ,
चित्तामा जलाउनुअघि अन्तिम चोटी,
पोस्टमार्टम घरमा मेरो लास भेटेर जाऊ ।
मुक्तक: २
फूलजस्तै ओइलिएर यतै कतै झरेछु भने,
समय परस्थितिको चँगुलमा कतै परेछु भने,
सिउँदोको सिन्दुर नपुछ्नु है प्रिय तिमीले,
यदि म अचानक अरबमा कतै मरेछु भने ।
मुक्तक: ३
उकाली-ओराली त्यो गाउँको बाटो झरेको याद आउँछ,
हात समाई तिमी सँगसँगै खोला तरेको याद आउँछ,
अनगिन्ती छन् त्यस्ता सम्झन लायक यादगार क्षणहरु,
जिस्किदै सधैँ गामबेसी हामीले गरेको याद आउँछ ।
माडी गाउँपालिका ४, रिजाबाङ (रोल्पा)
प्रदेश-५
हाल: साउदी अरब
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला