
उसले पनि फाट्टफुट्ट कविता कोर्न थाल्यो
कतिपय शब्दहरू त अरुकै चोर्न थाल्यो
आलोचना र दोष खेप्न नसकेपछि उसले
सबैसँग माफी माग्दै दुई हात जोर्न थाल्यो।
-१-
छोरी सधैँ फ्रिजको नजिकमा बस्दछिन्
आइसक्रिम खानलाई कम्मरै कस्दछिन्
चिसोका कारण रुघाखोकीले ग्रस्त भएपछि
बग्दै गरेको सिगान गालाभरि घस्दछिन्।
-२-
आजकल त चप्पलभन्दा रक्सी ठूलो भो
मातेर भुइँमा लडेपछि ज्यानमा धुलो भो
एक हातमा चुँडिएको चप्पल अर्कोमा बोतल
चप्पल र मादकता जोख्ने रक्सी नै तुलो भो
-३-
कोही साहित्यिक संस्था खोल्ने भन्दै मच्चिएका छन्
केही संस्था साँघुरो कोठाका दराजमा कोच्चिएका छन्
सदस्यता बन्न कबुल गर्नेहरूबाट रकम नउठेपछि
नजन्मिदै केही संस्थाहरू थलै परेर थच्चिएका।
-४-
बूढानीलकण्ठ, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
