नारायणप्रसाद न्यौपाने

कस्तो राम्रो कोट थियो, शालिनताको शीरजस्तो
देखेपछि सम्मान जाग्ने, आदर पाएजस्तो ।
रसपानको सानो थोपा, झरेछ कि के हो कतै
चारैतिर गन्ध फैली, ह्वास्सै गन्ध आएजस्तो ।।

नेता बने दलाल नै, जालझेल गरी गरी
व्यापारीको भर परी, देश लिलाम गरी ।
गाउँबस्ती दाउमा राखी, आफ्नो हित खातिर
लिलामीमा राखी सधैँ, खाए देश घात गरी ।।

बोलीमा दम नभएर नै, भए सस्ता नेता
विश्वास घात त्यागेर नै, लज्जित भए यता ।
समाजमा गर्व गर्ने त्यस्तो कुनै व्यक्ति नभई
जनता पनि तर्सिन थाले, नेता सबै देख्दा ।।

छोडौ अब पार्टी सबै, बोकौ देशको झण्डा
स्वाभिमानी नेपाली भै, नलगाऊँ अंशबन्डा ।
आफ्नो माटो सम्झिएरै, गरौँ सबले राजनीति
दुराचारी र व्याभिचारी, खोजी हानौँ अब डण्डा ।।

नारायणप्रसाद न्यौपाने
सुनवल १२, नवलपरासी