बी एस नीरव

सरकार धनी, युवा बेचेर

उनी धनी भइन् अरे तुम्बा बेचेर
ऊ चैँ धनी भयो बुद्ध गुम्बा बेचेर
सर्कार पनि समृद्धिको रहर सजाउँदै छ
आफ्नै देशका सबल युवा खम्बा बेचेर

सिलाएको मुटु
अचेल आँखाले नै आँसु पिउन थालेको छ
आफ्नै मासु खाई शरीर जिउन थालेको छ
थाहा छैन कतिन्जेल ऊ, बाँच्न सक्छ अब
अन्तिम पटक भन्दै मुटु सिउन थालेको छ

फलेवास– ७, पर्वत