१
मन जलाई आगो ताप्ने कम छैनन् यहाँ
श्राप दिई आशीष थाप्ने कम छैनन् यहाँ
आफ्नै आकार थाहा छैन कत्रो छु भनी
ठूलो सानो भाग्य नाप्ने कम छैनन् यहाँ ।
२
के नामले तिम्रो उचित सम्बोधन हुन सक्छ
तिमीलाई यस्तो होस् भन्ने मन हुन सक्छ
म त्यही सम्बोधन गरी तिमीलाई बोलाउँला
भन जेले हामीबीच आफ्नोपन हुन सक्छ !
३
भित्ताहरूले कसरी सुन्छन् अचम्म लाग्छ
यताका कुरा उता हुन्छन् अचम्म लाग्छ
विश्वास गरी कसैसँग मन खोल्नै नहुने
आफ्नैले पनि जाल बुन्छन् अचम्म लाग्छ ।
४
कहिलेकाहीं मान्छेहरू यस्तो केही भनेर जान्छन्
सयौँ राम्रा काम गर्नुस् नराम्रो एक गनेर जान्छन्
यो दुनियाँका मान्छेहरू यति स्वार्थी भएका रहेछन्
दोषी तपाईं बन्नुपर्छ उनीहरू निर्दोष बनेर जान्छन्
इटहरी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 










