१.

गोपाल खनाल

यसपालि भेट हुुन दिदी देन कोरोनाले
धेरै खायो तर विश्राम लेन कोरोनाले ।।
मान्छे साँच्चै मान्छेजस्तै बनिदेको भए
लाग्छ यति उग्र रुप लिन्थेन कोरोनाले ।।

 

२.

जहाँ छौँ त्यही बसेर चाड मान्नुु पर्ने भयो
कठिन परिस्थिति रहर छान्नुु पर्ने भयो ।।
कोरोनाले यतिबेला विश्व कष्टमा छ
जीवनबारे धेरै आफैँ जान्नुु पर्ने भयो ।।