राष्ट्र कवि घिमिरेको सम्झनामा
मुक्तक १
कलमै चलाई बाँच्ने शताब्दी पुरुषै थिए
साहित्य सम्राट बनी याैटा युग नै बाँचिदिए ।
सयौं सिर्जना सुम्पेर अलाेक भए घिमिरे ती
गुन्जिए गीत, कवितामा राष्ट्रका प्रतिमा भए ।।
पिताको सम्झनामा
मुक्तक २
जाेश, जाँगर र हिम्मत, भरि दिई सधैं
हुर्काएर बढाउने, पिता हुन्छन् सबै ।
डर, त्रास देखाई लगाम बाँधेरै भए पनि
लगनशील बनाउँछन् आफ्ना सन्तान सधैं ।।
कृष्णाष्टमीकाे सम्झनामा
मुक्तक ३
चाहियो देशमा याैटा दूरद्रष्टा नयनकाे
सिर्जनाका फूल राेपी हराभरा नै गर्नेको ।
जङ्गेजस्तै बनिकन भ्रष्टाचारी लखेटेरै
सुदर्शन चक्रनै छाेडी भ्रष्ट मास्ने कृष्णकाे ।।
सुनवल १२, नवलपरासी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला