कलानिधि दाहाल

कलानिधि दाहाल

 

 

 

 

 

 

 

सुनसान  छ  निस्तब्ध गाऊँ यो एक गीतझैँ

पवित्र  दिलमा  पुग्दै   लाऊँ यो एक मितझैँ !

हल्लाका भीडले त्रस्त निकाली  मनका गति

महर्षि  वनका शान्त छाऊँ यो एक जीतझैँ !

* * * *

देवी पन्थी 

देवी पन्थी

 

 

 

 

 

 

दलित शब्द हटाएर गरिब शब्द राखेको छु

दलित भएर दलित ठग्ने  विरुद्ध लागेको छु,

जातपात छुवाछूत बिउँताउने चेष्टा नगर्नु

त्यस्तालाई झुन्ड्याउन मैले मोटो डोरी बाटेको छु ।

* * * *

सुरेश चन्द्र घिमिरे

सुरेश चन्द्र घिमिरे

 

 

 

 

 

 

 

अब त कतै चहार्दिन भन्दै सत्य कसम खायाै

खुसी भएछन् परिवार सबैको आशीर्वाद पायाै

नानीदेखि लागेको बानी छ सुधार्न  गाह्रो भएछ

फेरि बाह्र बजे रातीमा आई ढाेका ढकढकायाै ।

* * * *

नीता गुरूङ भाटिया

नीता गुरूङ भाटिया

 

 

 

 

 

 

 

 

मनको  मन्दिरमा  माया बालेर त हेर ।

कमलो  मनमा  मलाई ‌बसालेर हेर ।

शान्ति  पाउनेछौ  सल्केको हृदयमा,

मेरो आँखाको जल तिमी हालेर त हेर ।

* * * *

अच्युत घिमिरे

 

 

 

 

 

 

 

 

आँखा नै चपट खोलेर हेर्दा लुटेको देखियो

तातो भुङ्ग्रोमा सर्ल्याङ्ङ सर्ल्याङ्ङ भुटेको देखियो

भ्रष्टाचारीको लुट्ने चोर्ने ठग्ने योजनाहरूमा

छल र कपटले जनता नै कुटेको देखियो ।

* * * *

नानीमाया सुनुवार

 

 

 

 

 

 

 

के आफ्नो के पराई उस्तै व्यवहार भएपछि

हिंसा हत्या भ्रष्ट दैनिक अत्याचार भएपछि

गुमनाम भए आमाले दिएका ती संस्कारबाट

क्षणिक मुस्कुराए कैदी पनि उद्धार भएपछि

* * * *

कल्पना दाहाल

कल्पना दाहाल

 

 

 

 

 

 

 

 

आँसु पनि होला सायद बाहिरको हाँसोभित्र

मिठो बोली बोल्ने सबै हुन्न रैछन् परम मित्र

मनभित्रको आँखा खोली, मात्र मस्तिष्कले देखे

सबको अर्थ फरकफरक हेर्दा एकै उस्तै चित्र ।

* * * *

सुमित्रा पोखरेल

सुमित्रा पोखरेल

 

 

 

 

 

 

मखमली बगैँचामा  झुले  दाजै

सयपत्री बारी छेउ  फुले  दाजै

यसपालि पनि भिडियो कलमा होला

परदेशीले तिहार टिका भुले दाजै

* * * *

रबि श्रेष्ठ

 

 

 

 

 

 

 

अन्धविश्वास हाबी हुँदा देवदेवता बनेकाछन् निर्जीव ढुङ्गो पनि

त्यही ढुङ्गोमा चढाईन्छ निर्दोष जीव बलि र फूलको थुङ्गो पनि

कस्तो रीति रिवाजको प्रचलन चलेको हो हाम्रो पापी समाजमा,

पापपुण्यको वर्णन कागजमा बाहेक न कतै लाग्याछ टुङ्गो पनि ?

* * * *

१०

घनश्याम पौडेल

घनश्याम पौडेल

 

 

 

 

 

 

 

शरदको मौसममा फूलहरू फुलेछन्

तिनै फूलमा पुतली र माहुरी डुलेछन्

चारैतिर  रमाइलो र  सौन्दर्य  देखेर

स्वर्गतिर जानुपर्ने परी यतै भुलेछन् ।