खुशी नमनाउँदै ओठबाट हाँसो झरेको छ
एक झट्काले गाउँ नै खण्डहर गरेको छ
थाहा छैन के-के हुन लागेको हो कुन्नि
लाग्छ सुख अन्त कतै डेरा सरेको छ ।

* * * *

मरेकालाई चिताले त चिन्ताले जिउँदै जलाएको छ
जीवन पाउँदा पनि मानिसहरू जिउन डराएको छ
एक पटक मर्नै पर्छ भन्ने सत्यलाई कसरी मानौँ
यहाँ त मान्छे पटक–पटक मर्दै बौराएको छ ।

* * * *

रुवाएर हाँस्छन्, कहिले रोएर सहाउँछन्
आउँदा रुन्छन् अनि जाँदा रुवाएर जान्छन्
झर्ने आँसुको भाव पनि फरक हुन्छ रे
मरेपछि रुन्छन्, जिउँदो हुँदा रुवाउँछन् ।

* * * *

धेरै जना भित्र रोएर बाहिर हाँस्ने गर्छन्
वास्तविकता लुकाउन मुखौटा टाँस्ने गर्छन्
मुखौटा उत्रियो भने साफ स्पष्ट देख्नेछौ
आफ्नैहर बाहिर रोएर भित्र हाँस्ने गर्छन् ।