मुक्तक (१)

आज गयो भोलि गयो भन्दाभन्दै गनेर सकिन्छ
बाँचुञ्जेल यति तेरो यति मेरो हो भनेर सकिन्छ
हामी यो दुनियाँका पाहुना हौँ मालिन होइनौँ नि
याद गर्नुस्, एकदिन जीवन खरानी बनेर सकिन्छ ।

मुक्तक (२)

कति त फुल्नै नपाउँदै झर्थे होला मोबाइल नभएको भए ?
आखिर हिजो आज के गर्थे होला मोबाइल नभएको भए?
एकैछिन नहुँदा कसो गरूँ के गरूँ जस्तै गर्छन् यी मान्छे
बिचरा तड्पिएरै कति मर्थे होला यो मोबाइल नभएको भए?

 

 

सिद्धिचरण नगरपालिका १०, ओखलढुङ्गा