बहिनी बिर्सिएर मामा बिर्सिएर
कतिसम्म गरौं मैले धामा बिर्सिएर
माफ गर तिमीलाई माया गर्न सक्दिनँ म
जन्मदिने आफ्नै बाउआमा बिर्सिएर


आफ्नो झोला विद्यार्थीलाई भिराएर आउनुहुन्छ
घरैबाट आत्मबल गिराएर आउनुहुन्छ
हजुरबाट, गुणस्तरीय, शिक्षाको के, आशा राख्नु
विद्यालय त दुई चार दिन बिराएर आउनुहुन्छ


लगाई तन, मन , वचन पढाइराकी होली
कमाउनलाई प्रशस्त धन पढाइराकी होली
माया गर्न नजानेको भन्दै मलाई छाडेकीले
अचेल पिरतीको ट्युसन पढाइराकी होली


अलिकति, कोल्टे फेरि मुस्कुराए पुग्छ
मनले तिमीलाई ठानी मेरी मुस्कुराए पुग्छ
नामी बन्न हो वर्षौँको, मिहिनेतले नि नपुग्ने त
बदनाम हुन तिमीलाई हेरी मुस्कुराए पुग्छ


अभाव, गरिबी, भगाउँदैमा कहाँ सभ्य बनिन्छ र?
महँगा रक्सी मगाउँदैमा सभ्य कहाँ बनिन्छ र?
पशुतुल्य व्यवहार देखेपछि हजुरहरूको
सोचेँ, टाइसुट लगाउँदैमा कहाँ सभ्य बनिन्छ र ?

 

तनहुँ