१)
मै ठूलो हुँ भन्ने भ्रमबाट मुक्त हुनुस् पहिले
अरुलाई पछार्ने क्रमबाट मुक्त हुनुस् पहिले
सबै मिलेर यो देशलाई स्वर्ग बनाउन सकिन्छ
म मालिक भन्ने अहंबाट मुक्त हुनुस् पहिले !
२)
अहङ्कारको धरहरा कत्ति अग्लो भाको
निरङ्कुश त्यो टहरा कत्ति अग्लो भाको
लुकीलुकी भागीभागी हिँड्न थाले जुँगाहरू
बेइज्जतीको लहरा कत्ति अग्लो भाको !
३)
सत्तोसराप हानाथाप राजनीतिमा नहोस्
ठेलमठेल हातपात राजनीतिमा नहोस्
नत्र मन्त्री भएर नि मजा के छ साथी
जालझेल, खुराफात राजनीतिमा नहोस् !
४)
मान जति तुलो होस् न, दुष्टै हुन्छ दुष्ट सधैं
जति माथि चुलो होस् न, दुष्टै हुन्छ दुष्ट सधैं
चिताउँदैन अरुको भलो मनमा राख्दछ पत्थर
दर्जा जति ठूलो होस न, दुष्टै हुन्छ दुष्ट सधैं !
वागमती ११, कर्मैया, सर्लाही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला