अग्लेहरू अचेल मलाई डल्ले भन्छन्
श्रीमतीले राँक्किदै सोधी कल्ले भन्छन्
पहिलो कर्मकाण्डी त तिम्रै बाउ हुन्
बाफ् रे, जेठुसाला झनै चल्ले भन्छन् ।


बदनले माग्दा सोच्न पर्ने मनले
वाक्कै भइयो भ्रष्ट शब्द व्यञ्जनले
नाङ्गो कीट भोकै थिए आरानतिर
लोभी मुर्दावाद ‘रे श्रमिक घनले ।


ए भुर्र चरी उडान कहाँसम्म
मुस्कानको त्यो मैदान कहाँसम्म
हरेक साँझ सुन्ने गर्छु रेडियो
शहनाईको प्रीतिगान कहाँसम्म ?


पलाउन खोज्दै थिए, समस्याले सुकेका सिम्सार
त्यही भाका रेट्दै थिए, गाइने बा सारङ्गीका तार
हात्ती आयो हात्ती आयो फुस्सा थिए, जस्तै उता उक्ति
यता मान्छे कराउँदै थिए, विश्वासको भयो हार ।

त्रियुगा नगरपालिका -११, उदयपुर