नचिन्नेले भन्छन् त्यो त हिजो अस्तिको भुरा हो
चिन्नेले भन्छन् यसलाई नछुनु है यो त छुरा हो
मलाई सम्पत्ति कमाइनस् भनेर नभन साथी
जीवनमा साथी कमाउनु नी ठूलो कुरा हो
०००

माता पिताको आँखाबाट आँशु झार्नु त भएन
आफूदेखि उहाँहरूलाई धेरै टाढा सार्नु त भएन
जसरी हुन्छ अब मैले प्रगति गरेर देखाउनु छ
मेरा बा आमाले देखेका सपनालाई मार्नु त भएन
०००

खाली खुट्टै गाउँ छोड्ने लुटेरा दलका राजा भए
स्वास्थ्यको अनभिज्ञ मान्छे हस्पिटलका राजा भए
यो समयको नियति पनि कति बलवान हुने रहेछ है
हिजो रोडमा बस्ने आज ठूला महलका राजा भए ।

०००

सिद्धिचरण नगरपालिका १०,ओखलढुङ्गा