गीता, बाइबल र कुरान उस्तै उस्तै लाग्छ
येशू, अल्लाह र भगवान् उस्तै उस्तै लाग्छ
रङ, जात , धर्मलाई कसले बाँड्यो खै कुन्नी
मलाई त हरेक इन्सान उस्तै उस्तै लाग्छ ।


जिन्दगीको लगाऊ दाऊ विचार गरेर
मरेर बाँच्ने बाटो समाऊ विचार गरेर
संसार हेर्न सकिन्छ बरू मचान चढेपछि
हेर्न सिक मनको घाऊ विचार गरेर ।


फूल फाल पत्थर फाल वा जे सुकै फाल
आँखामा छ सिङ्गो तलाऊ विचार गरेर
तिमी को हौ ? के गर्दैछौ ? हेर्दै छ यो दुनियाँ
पीडामाथि मलम लगाऊ विचार गरेर
आउँदा जस्तै जाँदा पनि रित्तै जानु पर्छ
गाउँ बनाऊ, सहर सजाऊ, विचार गरेर ।

कोहलपुर, बाँके