१.
मिल्ने भए तिम्रो शहर हावासँगै आउने थिएँ
नदेखे नि लुकी लुकी चोखो माया लाउने थिएँ
तड्पिएर दुई किनारझैं वारिपारि हुनु भन्दा
अँगालोमा बेरिएर सजाउन पाउँने थिएँ ।
२.
एकादेशमा कही नमरेको प्रेम गर्नु छ
कहिल्यै खाली नहुने त्यो सिउँदो भर्नु छ
आफैँलाई जलाउँदा धुवाँ धेरै आए पनि
सयौं जूनी नछुटिने त्यो बाचा गर्नु छ ।
३.
मेरै चिहान खन्दा धेरै यति माटो कहाँ आउँछ
धर्ती रुँदै पिरोलिदा आँगन एक्लै कहाँ गाउँछ
तिम्रा लागि सधैं मैले त्यागिदिनु पर्ने भए
जून ताराझैं छुट्टिएर बस्दा सुख कहाँ पाउँछ !
काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 





