१.
भन्थ्यौ दूधको दूध, पानीको पानी छुट्याउनु छ
को कञ्जुस, को कति दानी छुट्याउनु छ
कुरा मिलाउन तिमी शत्रुको शरणमा पुग्यौ
सायद्, तिमीलाई घर जलाएर खरानी छुट्याउनुछ ।
२.
आयो बाकस निकैपछि खास लिएर आयो
विदेश पसेका खसमको लास लिएर आयो
उडायो सपना सबै, उजाड्यो एउटा सुन्दर घर
मृत्युरूपी काल जब, बतास लिएर आयो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला