१.
बाँदरको पुच्छर लौरो न हतियार हुन्छ हजुर
देशको हालत देख्दा भित्रभित्रै ऐँठनले छुन्छ हजुर
कस्ता निकम्माहरूलाई चुनेर पठाएछौँ हे भगवान् !
स्याल हुँडारहरू सदन पसेपछि कस्ले हाम्रो सुन्छ हजुर ?
२.
उकालीमा चड्न बरु त्यति गाह्रो हुन्न रैछ
चन्द्रमामा टेक्न पनि त्यति साह्रो हुन्न रैछ
एसो बुझ्दै जाँदा जेसुकै मानौँ हजुर हामीहरूले
करेसोको भुत भन्दा टाढाको देवता प्यारो हुन्न रैछ ।
३.
न सम्झौन न त भन्दा पनि सम्झौँ सम्झौँ लाग्छ
अड्डि कसी यता हिँडौ भन्दा उतैतिर मन भाग्छ
कस्तो अचम्मको चिज बनाएछौ भगवान् तिमीले
एक पटक चुमेपछि बारम्बार चुम्ने रहर जाग्छ ।
४.
बिहानीपखको मीठो समीर छेक्न सक्छ कस्ले
फरफराइरहने चन्द्रसूर्यलाई टेक्न सक्छ कस्ले
यो त एकदिन हुने नै थियो नेपाली मात्रको पक्षमा
इतिहासबाट राष्ट्रनिर्माताको जयन्ती फेक्न सक्छ कस्ले ?
विराटनगर -१
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला