तिमी नै तिमी
तिमी नै तिमी

यो छातीभरि तिमी नै तिमी
अँगालोभरि तिमी नै तिमी

सोचेको थिएँ कोही होस् मेरो
रमाइलो होस् यो सेरोफेरो
आँखामा राख्छु तिमी नै तिमी
मुटुमा साँच्छु तिमी नै तिमी

देवी र द्यौता भाकल गर्छु म
तिमी नपाए त्यसै मर्छु म
सेवा हो मेरो तिमी नै तिमी
बस मेरो सामु तिमी नै तिमी ।

चितवन