जागौँ ए कर्मयोगी मन वचन कर्मले जागौँ
अनेसासको उज्यालोमा एकचित्त भएर लागौँ
साहित्यको चाँदनीमा हिमालको भरौँ रङ
नेपालीको प्रतापले भेटिने छन् हजारौँ सँग
जागौँ ………………….
यो एक अभियान हो, विश्वभरका नेपालीको
यो एक संगीत हाम्रो, भाषा प्रेमीको हिमालीको
जागौँ ……………………
पवित्र चेतनाभित्र, ज्ञानको फूल फुलिरहोस्
अनेसासको प्रेरणाले भाषा द्वीप बलिरहोस्
जागौँ ………………….
डिल्ली अम्माई
अध्यक्ष
बेल्जियम च्याप्टर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला