संसारमा कोरोनाले गर्नु गरेको छ
महामारी कठै मान्छे मर्नु मरेको छ
कस्तो आपत कस्तो बिपत् त्रासैत्रास छायो
संसार जित्ने मान्छेले नि झुक्ने दिन आयो
सबैको मनभित्र पीर पर्नु परेको छ
महामारी कठै मान्छे मर्नु मरेको छ
धनि-गरिब ठूलो-सानो कहाँ भन्दो रै’छ
पत्तै नपाई सल्किएर काल बन्दो रै’छ
एकबाट अर्कोलाई सर्नु सरेको छ
महामारी कठै मान्छे मर्नु मरेको छ
संसारमा कोरोनाले गर्नु गरेको छ
महामारी कठै मान्छे मर्नु मरेको छ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
