मधुर भट्टराई

सुन न ए सुनकला !
तिम्रो दिलको कोठामा आँखीझ्यालै छैन कि!
सुन न ए सुनकला !
मैले दिएको मायाको त केही ख्यालै छैन कि !!

बलेसीमा झरेको पानी हैन आँसु हो
मेरो दिलको माया भन्नु आखिर तिम्रै नासो हो
सुन न सुनकला !
तिम्रो दिलको कोठामा उज्यालै पो छैन कि
मैले दिएको मायाको त केही ख्यालै छिन कि !

पिरतीको जूनको तिमी नै त घाम हौ
हृदयको तीर्थको तिमी चारै धाम हौ
सुन न सुनकला !
तिम्रो पिरतीको रुखको सिंयालै पो छैन कि
मैले दिएको मायाको त केही ख्यालै छैन कि !

बर्दिबास-१४, महोत्तरी