कुमाराज सुवेदी
सँगैसँगै हिँडौला
नदीको दुई किनार
रंगरोगन गर्दैगर्दै
मायाको मिनार ।
तिम्रो टप टिलिक्कै
जति बिर्सु भनिराख्छु
तिम्रो यादले सताएर
ओई आँखा हुन्न मिलिक्कै।
तिम्रो मनको बगैंचामा
बारूलाको घर
भुर्र गर्दै डसी सक्यो
किन मान्छ्यौ डर !
हिजोजस्तो लाग्छ मलाई
ती नजर जुधेको
कडा रैछ खिल तिम्रो
छातीमा बिझेको ।
मनको दैलो उघारेर
तिमीलाई कुरी बस्दा
कस्तो होला तिमी आई
यो अँगालो कस्दा !
शृङ्गारमा ठाँटिएर
लस्की तिमी हिँड
लाजको पर्दा तिमी काट
म समाउला बिँड ।
तिम्रो टप टिलिक्कै
जति बिर्सु भनिराख्छु
तिम्रो यादले सताएर
ओई आँखा हुन्न मिलिक्कै।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला