साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बिन्ती छ टुट्न नदेऊ

मायाको बाँध हुँ म बिन्ती छ फुट्न नदेऊ !
नजरको साँध हु म बिन्ती छ लुट्न नदेऊ !!
म एक्लै केही होइन, अधुरो तिमी बिना !
दिलको त्यो माँझ हु म सकेसम्म उठ्न नदेऊ !!
विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !!

छामे हुन्छु ढुकढुकीमा, नखोज्नु है दायाँ-बायाँ !
म त हुँ नि जुनीजुनी बनिरहने तिम्रै छाँया !!
तिमीलाई नै दिउँलाग्छ हिमालको हाँसो चोरी !
झरनाझैँ बगूँ लाग्छ पहराको छाती फोरी !!
तलाउ यो जिन्दगीको बिन्ती छ सुक्न नदेऊ !
विश्वासको काँध हु म बिन्ती छ टुट्न नदेऊ !!

तिम्रो यादमा भुल्दाभुल्दै कतै म हराएँ कि !
बिछोडको कल्पनाले कतै म डराएँ कि !!
यो मनलाई थुम्थुम्याउँदै सुनाउँदैछु आफ्नै कुरा !
तैपनि पापी मनले चलाउँदै छ मनमा छुरा !!
खुसी यी परेलीका आँसुलाई लुट्न नदेऊ !
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !!

bahulako diary small and inside post

चुम्ने मन छ निलो आकाश चंगा र धागो बनी !
सुन्दर याम जिन्दगीको पर्खेको छु गनी-गनी !!
उदाउँदो बिहानीलाई बादलले लुट्न नदेऊ !
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ !!

प्रतिक्रिया
Loading...