राजु प्रधान “हिमांशु” (खरसाङ)

बेखबर भएर बसेको कथा हो यो
बेमूल्य भएर बसेको व्यथा हो यो
यो गीत मेरो
यो सङ्गीत मेरो

घातहरूको तलाउमा माया डुबेपछि
अगति भएर दुखेको पीर हो यो
सुन्नेहरूले सुने जस्तो गर्छन्
बुझ्नेहरूले बुझे जस्तो गर्छन्
यो पीर मेरो

बेखबर भएर बसेको कथा हो यो
बेमूल्य भएर बसेको व्यथा हो यो
यो गीत मेरो
यो सङ्गीत मेरो

अधैर्यहरूको सहरमा एकता फुटेपछि
बेमूल्य भएर खसेको आँसु हो यो
देख्नेहरूले देखे जस्तो गर्छन्
पुछ्नेहरूले पुछे जस्तो गर्छन्
यो आँसु मेरो

बेखबर भएर बसेको कथा हो यो
बेमूल्य भएर बसेको व्यथा हो यो
यो गीत मेरो
यो सङ्गीत मेरो

सङ्घर्षपछि भाग्य लेखिन्छ रे
हारपछि जित भेटिन्छ रे
सबै भन्छन् त्यसै यहाँ
मरेपछि स्वर्ग देखिन्छ रे

आकाशमा मन पुग्छ
उडि
रहन्छ त्यो
बतासमा बैँस झुम्छ
झुमिरहन्छ त्यो
तिम्रै आगमनमा
तिम्रै आगमनमा
तिम्रै आगमनमा
स्वर्ग त रहेछ तिम्रै मायामा

आँखामा सपना फुल्छ
फुलिरहन्छ त्यो
गीतमा पनि प्रीत बस्छ
बसिरहन्छ त्यो
तिम्रै आगमनमा
तिम्रै आगमनमा
तिम्रै आगमनमा
स्वर्ग त रहेछ तिम्रै मायामा

सङ्घर्षपछि भाग्य लेखिन्छ रे
हारपछि जित भेटिन्छ रे
सबै भन्छन् त्यसै यहाँ
मरेपछि स्वर्ग देखिन्छ रे