मेरो रगत कालो भो रातो गरी फर्काइदेऊ
मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।।

भेरी नदी सललल तिम्रो याद झललल
कतिन्जेल सोस्ने हो भेलले रगत भललल
समाजको मैलो ऐना सफा गरि बनाइदेऊ
मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।।

कस्तो होला बन्दी जीवन खुल्ला सगरैमा
अझैँ कस्तो होला भाग्य टुट्दा गाउँ घरैमा
मेरो लागि मेरै कुलको माया प्रीति जन्माइदेऊ
मान्छेसँग बराबरी गराई मात्र पठाइदेऊ ।।