चोट यो खुकुरीको अचानोलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ ।
मायाको जलायौ दियौ सँगै बाँच्ने बाचा थियो
बाचा कसम भुलेर निभायौ किन दियो
पीडा यो गोलीको छातीलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ ।
मुटुमा आएर बस्यौ पिरती मीठो कस्यौ
माया पिरती भुलेर सर्पझैँ किन डस्यौ
पीर यो डढेलोको वनलाई थाहा हुन्छ
गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला