डम्बर बिकेल

गीत

– डम्बर बिकेल

 

दशैँको टीका जमरा सम्झन्छु झलझली
सम्झन्छु तिहारको सयपत्री र मखमली
खुसी छायो बहार आयो आफू छु विदेशमा
बाटो हेर्दै मलाई कुर्दै बस्दैछन् स्वदेशमा
आउन पाइनँ घर,
आएन मलाई दशैँ आएन तिहार ।

दशैँमा साथीसङ्गी सम्झन्छु वरिपरि
सम्झन्छु तिहारमा देउसीभैलो घरिघरि
हर्ष छाया खुसीयाली आयो आफू छु विदेशमा
बाटो हेर्दै मलाई कुर्दै बस्दैछन् स्वदेशमा
आउन पाइनँ घर,
आएन मलाई दशैँ आएन तिहार ।