साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गीतः आगो भयो मेरै मन पनि

Chovar Blues Mobile Size
अम्बरिस पोख्रेल

साहित्य लेख्थ्यो
साहित्य पढथ्यो
उसकै घरमा नी ।१।
…पानी पानी भयो मेरै मन पनि ।।

कविता पढ्यो
कविता लेख्यो
संगीत बज्यो नी ।२।
….पानी पानी भयो मेरै मन पनि ।।

अघि बढ्दै
चुरा बज्यो
पाउजु बज्यो नी ।३।
……पानी पानी भयो मेरै मन पनि ।।

के के गर्यो
संगीत बज्यो
रातै बित्यो नी ।४।
पानी पानी भयो मेरै मन पनि ।।

थाहा नै भएन नी
गीत गाउनु गायो नी
चुराहरु गन्नु गन्यो नी ।५।
….पानी पानी भयो मेरै मन पनि ।।

sagarmani mobile size

नदी नाला हुँदै गयो
पौडी समेत खेल्नु खेल्यो नी
मिर्मिरेमा छेवै लाग्यो नी ।६।
….पानी पानी भयो मेरै मन पनि ।।

अहिले पो सम्झना आयो नी
केही वर्ष त भयो नी
कुरा मिल्दै नमिल्नी
भनेको मान्दै नमान्नी
अव तँलाई मीटु (Me too) लगाऊनी ।७।
……आगो आगो भयो मेरै मन पनि । ।
अस्तु ।

लेखक: अम्बरिश पोख्रेल (पीएचडि)

प्रतिक्रिया
Loading...