रविन थपलिया

सुख खोज्दै देश छोड्नेहरु, सुख पायौ कि पाएनौ
शान्ति खोज्दै घर छोड्नेहरु, बुद्ध पायौ कि पाएनौ ?

सुख हो मृगतृष्णा मनको मिल्दैन खोजी कतै
फल्दैन शान्ति बनका रुखमा पाइदैन जताततै
धन खोज्दै मन छोड्नेहरु धन पायौ कि पायनौ
शान्ति खोज्दै घर छोड्नेहरु बुद्ध पायौ कि पाएनौ ?

सुखको घर तिमी आफै हो दु:खको खानी तिमी
शान्ति तिमी भित्रै मिल्छ भ्रान्तिको कारण तिमी
खुसी खोज्दै जहान छोड्नेहरु खुसी पायौ कि पाएनौ
शान्ति खोज्दै घर छोड्नेहरु बुद्ध पायौ कि पाएनौ ?

क्यानडा