रविन थपलिया

पिउँछेउ पानी कुन मुलको नुवाउँछेउ कुन खोली
मान्छे राम्री मन झन सफा कर्णप्रीय बोली।

तिर्खाएको यात्री हूँ म के छ प्यास मेट्ने
कुन हावामा बग्छेउ तिमी कसो गरि भेट्ने
खान्छेउ खाना कुन थालीमा नुहाउने कुन खोली
मान्छे राम्री मन झन सफा कर्णप्रीय बोली।

प्रेमको जोडा पहिले बन्छ मान्छेउ मान्दिनौ
आफ्नो मान्छे भेटे जस्तो ठान्छेउ ठान्दिनौ
कुन देउताको पुजा गर्छेउ नुहाउने कुन खोली
मान्छे राम्री मन झन सफा कर्णप्रीय बोली।

क्यानडा