साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

गीतः देश भए हामी हुन्छौं

Chovar Blues Mobile Size

 

देश भए हामी हुन्छौं बुझ्नु पर्छ नेपाली हो
छिमेकीको इशारामा झुक्नु हुन्न नेपाली यो ।

वीरगाथा नेपालीको गोर्खालीको वीरताले
हाम्रो झन्डा साक्षी राखी देशभक्ति धिरताले
विश्व भरी चर्चित छ सम्पदाको लागि धनी
देशभक्ति बाँच्नुपर्छ जहाँ हामी भए पनि ।

हिमालको छाती हाम्रो पहाडको सेरोफेरो
नदीनाला प्रकृतिको तराईको घर मेरो
सम्झी रहुँ मेरो देश मुगलानमा भए पनि
सीता वुद्ध जन्मभूमि सम्झिएर अझै धनी ।

मोहन आचार्य जलद

यो माटोमा शहिद र विभूतिको गरिमा छ
पुर्खाहरू दिए आस्था जगतको महिमा छ
हामी जहाँ भए पनि हाम्रो देश नेपाल हो
वीरताको इतिहास नेपालीको हिमाल हो ।

 

कोभेन्टी लन्डन बेलायत
२५ ०३ २०२२

प्रतिक्रिया
Loading...