देश मात्रै जान्दछु म जात जान्दिन
दर्शन मात्रै बुझ्दछु म विचार मान्दिन ।।

मै चुम्छु शिखर एकदिन अबाटो हिंड्दिन
सिमानाका घेराहरु कहिल्यै मान्दिन ।।

मीनेन्द्र भण्डारी ‘निश्चल’

भो पर्दैन व्यर्थका यी आस्था र धर्म
मै गर्छु कर्म सधैं मेरो पेट भर्न ।।

अन्धता अतर्क र दासत्व हो सत्ता
स्वाभिमानले निल्नु हुन्न भ्रष्टाचारको पत्ता ।।