वैशाखै आयो
नयाँ वर्ष लाग्यो
गर्मीको मौसम
तर रर पसिना
जेठको महिना
पलाउन थाले पालुवा
चरीले लाए गुँड
चल्ला काढे चिँ चिँ
असारै पन्ध्र
दही चिउरे चाड
धान रोप्ने खेतैमा
छुपु छुपु हिलैमा
साउनै पन्ध्र
खिरखाने दुनामा
धिमे बाजैको धुनमा
लाखे नाच कुनामा
भदौको महिना
तीज है आयो
दिदी बहिनी नाचे
बाटैमा छम्म छम्म
असोज महिना
दसैँ नै आयो
नयाँ नाना मिठो खाना
टीकाटाला दक्षिणा
कार्तिकको महिना
तिहारै आयो
झिलि र मिलि
भैलेनी आँगनमा
मंसिरको महिना
धान पाक्यो पँहेलै
लह-लह बालै ले
किसानी चालै ले
आयो अब महिना पुस
कुहिरो लाग्यो फासफुस
ल्होसार पर्व, उधैली
रम रम रमाउली
माघैको महिना
ऊधुमै ठण्डी
घ्यू चाकु तरुल
माघमा खादै गरुँला
फागुनै आयो
रङ्गीचङ्गी होली
पहाडमा आज भए
तराईमा भोलि
चैत अन्तिम महिना
हुरी बतास हुरुरु
पातै झर्यो बुरुरु
घोडे जात्रा गुटुटु ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला