साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाल गीतः कसले दियो मन हामी नेपालीलाई ?

Chovar Blues Mobile Size


प्रल्हाद ढकाल

प्रल्हाद ढकाल

कसले झिल्के बुट्टा
दियो पुतलीलाई ?
कसले दियो रंग
डांफे चरीलाई ?
कसले दियो कला
भाले मजुरीलाई …..भाले मजुरीलाई ?

कसले चमचम टिकि
दियो तारा लाई ?
कसले दियो बत्ती
जूनकिरी लाई ?
कसले दियो ज्योति
जूनमामा तिमिलाई….जूनमामा तिमिलाई ?

कसले दियो रुप
हिमाल चुचुरीलाई ?
कसले दियो पानी
खोलानाला ताल लाइ ?
कसले दियो स्वर
कोइली चरीलाई …. कोइली चरीलाई ?

कसले दियो सोच
बिषे नगर्चिलाई ?
कसले दियो आँट
भक्तिथापालाई ?
कसले दियो मन
हामी नेपालीलाई ….हामी नेपालीलाई ?

सबैलाई मायाँ गर्ने
सबैलाई आफ्नो ठान्ने
दुख सुख जे भएनि
सँधै भरि हंँस्न सक्ने

कसले दियो मन हामी नेपालीलाई ?
कसले दियो मन हामी नेपालीलाई ?

प्रतिक्रिया
Loading...