जेबी खत्री

फर्की आउँछौ भन्दाभन्दै डाँडा काटी गयौ तिमी
हिजोसम्म सँगै थियौ आज टाढा भयौ तिमी ।

छोडी जानु रैछ आखिर साथ दिन आयौ
जुनीभरलाई भनी माया दुई दिनलाई लायौ
सम्झिआउँछौ भन्दाभन्दै बाटो मोडी गयौ तिमी
हिजोसम्म सँगै थियौ आज टाढा भयौ ।

डालीबीच फुलेको एउटा सुन्दर फूल थियो
दोषी आँखाभरि फुन्नु उसको भूल थियो
हेर्दाहेर्दै आँखाबाट डाँडा काटी गयौ तिमी
हिजोसम्म सँगै थियौ आज टाढा भयौ तिमी ।

स्वार्थीसँग नाता गाँस्नु नगाँस्नु नै रैछ
हृदयको घाउ सधैं चहराइरहँदो रैछ
मुटुभित्र सजाइ राखेँ टुक्रिएर गयौ तिमी
हिजोसम्म सँगै थियौ आज टाढा भयौ तिमी ।

फर्की आउँछौ भन्दाभन्दै डाँडा काटी गयौ तिमी ।
हिँजोसम्म सँगै थियौ आज टाढा भयौ तिमी ।