खिया लागेको छैन, खुँडा तरबार तीरमा
वीरता डगेको छैन, नेपाली छाती र शीरमा ।

कोरस
बरू ज्यान अर्पण गर्छौँ, सहन्नौ लुटेको माटो
मेटेर मेटिन्न कहिल्यै, विशाल नेपालको बाटो ।

सहन्छौ चिरिदेऊ छाती, छुट्याउ यो शीर नै
मेरो देश नचलाऊ कहिल्यै, काफी छ एउटा तिर नै ।
माटोको निम्ती सधैँ, सबै हौ सिपाही देशका
एकमोर्चा हौं देशको लागि, सयौं भाषा र भेषका ।

कोरस
पुर्खाले रचेको इतिहास, कदापी कुल्चन दिन्नौ
नेपाली माटो छोडिदेऊ, कसैको एकै इन्च लिन्नौ ।

काङ्गडा टिष्टा हाम्रै हो, सुगौली सन्धी त्यही भन्छ
अङ्ग्रेजले छोडेर गएसी, स्वतः हाम्रै त्यो बन्छ ।
अजिङ्गर चलाए एकैछाक, गोर्खाली चलाए एकैछिन
स्वाधीनता खोस्न नखोज, रहन्नौ केही गरी एकैदिन ।