डम्बर बिकेल
फूलकाे कति वर्णन गरुँ, जूनकाे कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ
सबैभन्दा राम्रो फूल भन्थेँ उसैगरि राम्रो जून भन्थेँ
बिछट्टै राम्री रैछाै तिमी,नबुझेरै अरु सुन भन्थेँ
परीकाे कति वर्णन गरुँ,चरीकाे कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ
सबैभन्दा राम्रो हिरा ठान्थेँ उसैगरि राम्राे माेती ठान्थेँ
बिछट्टै राम्री रैछाै तिमी,नबुझेरै अरु ज्याेति ठान्थेँ
स्वर्गकाे कति वर्णन गरुँ, स्वर्णकाे कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ