जेबी खत्री

मनभरि पीर बोकी कहिलेसम्म बाँच्ने होला ?
आँखाभरिभरि आसुँ कहिलेसम्म साँच्ने होला ??
हरेक बिहान फूल पनि शीतसँगै रुने गर्छ ।
घामको पहिलो किरणसँगै मनको पीर धुने गर्छ ।।
टाढा भई एक्लाएक्लै कहिलेसम्म बाँच्ने होला ?
आँखाभरिभरि आसुँ कहिलेसम्म साँच्ने होला ??
एकान्तमा तड्पिएर सम्झी-सम्झी रुनुपर्दा ।
तस्बिर हेरी आँखाबाट आसुँ झार्नु पर्दा ।।
मनभरि पीडा बोकी कहिलेसम्म बाँच्ने होला ?
आँखाभरिभरि आसुँ कहिलेसम्म साँच्ने होला ??
मनभरि पीर बोकी कहिलेसम्म बाँच्ने होला ?
आँखाभरिभरि आसुँ कहिलेसम्म साँच्ने होला ??