आमालाई सन्चो छैन भन्ने खबर आयो
आफ्नै मन बैरी बनी के-के सोच्न लायो
पानी दिने कोही छैन पहाडको घर छ
उही आमाले सधैँ पुज्ने देवताको भर छ
दौडी जान सक्दिनँ म उडी जान पाइन म
आमा मलाई माफ गरे दवाई दिन आइन म
दुखियाले सपना देख्नु सपनाकै अपमान
यौटा जुनी हजार पीडा गाह्रो रैछ गरी खान
वालिङ्ग २ स्याङ्जा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला