मन्दिरा मधुश्री

एउटै रङ पोतेकाथ्यौँ हामीले आधाआधा
उनको चित्र रङ्गीन भयो मेरो चाहिँ सादा

उस्तै थिए कुची बुरुस एउटै थियो रङ्ग
एकै क्यानभास रङ्गाउने उस्तै नै उमङ्ग
थियो अर्जुनदृष्टि एउटै भरोसाथ्यो ज्यादा
उनको चित्र रङ्गीन भयो मेरो चाहिँ सादा

न सजायौ मन वाग न राख्यौ आँखा नानी
जुन रङ्गमा मिलाउँछौ घुल्ने म थिएँ पानी
पोत्यौ रङ्ग जानेर या गर्‍यो केले बाधा
आफ्नै प्रेम गुमाएकी म हुँ अर्की राधा