म त देशको सारङ्गी गाउँछु देशको गीत
पहाडदेखि तराईसम्म लाउँछु मीठो प्रीत ।

शिखरमा डाँफेसँगै मान्छु लोसार पर्व
तराईमा छैठ मान्दा ठान्छु ठूलो गर्व
पूर्वतिर च्याब्रुङ नाच्दै पश्चिम देउडा नाच्छु
चन्द्रसूर्य झण्डा बोकी गौरवले बाँच्छु ।

जात धर्म एउटै हाम्रो नेपाली हुँ भन्ने
अनेकतामा एकताको मीयो देश ठान्ने
आफ्ना आफ्ना चाड छन्, आफ्ना आफ्नै पर्व
भिन्नभिन्न रीतिरिवाज, अनेक छन् है धर्म ।