राकेश कार्की

हाम्रो माया त भएछ
साह्रै मीठो गीत
साथ सधैँ मेरो खुसी
मायालुको प्रीत

जिन्दगीको गोरेटोमा
फूल पनि काँढा पनि
माथि माथि आशा उड्छ
रङ्गीचङ्गी पुतली बनी
यस्तै हुन्छ यस्तै हो
संसारको रीत
साथ सधैँ मेरो खुसी
मायालुको प्रीत

झरिदिन्छ आँसु पनि
एकैछिनमा सुकिदिन
जानेको छ पिरले पनि
मुटुभित्र लुकिदिन
यो सम्झिने मन हाम्रो
बुझाउन चित्त
साथ सधैँ मेरो खुसी
मायालुको प्रीत

लस एन्जेलस